२०८१ पुष २९ सोमबार

काठमाडौं । एभरेष्ट बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको सेन्टरलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ । बैंकका क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठले सेन्टरका अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेशकुमार जाजूमार्फत चेक हस्तान्तरण गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर