२०८१ माघ २४ बिहीबार

काठमाडौं । असार र साउन दुबै महिनामा आधार दर घट्न थालेसँगै कर्जाको ब्याजदर पनि केही कम हुने देखिएको छ। बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार जेठसम्म तीन महिनाको औसत आधार दरको तुलनामा असारसम्मका यस्तो औसत आधार दर ०.१६ प्रतिशत बिन्दुले घटेको छ। जेठसम्ममा यस्तो आधार दर ०.१० प्रतिशतले घटेको थियो।

आधार दर घट्दा बैंकहरूले जारी गर्ने कर्जाको ब्याजदर समेत घट्छ। चैत, वैशाख र जेठ महिनामा १६ वटा वाणिज्य बैंकको औसत आधारदर १०.३७ प्रतिशत रहेकोमा वैशाख, जेठ र असारको औसत आधार दर १०.२१ प्रतिशत छ।

राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यस अघिका हरेक तीन महिनाको औसत अनुसार आधार दर तय गर्न सक्ने व्यवस्था गरेको छ।

यसअघि हरेक तीन/तीन महिना मात्रै कर्जामा लाग्ने आधार दर परिर्वतन हुने गर्थ्यो। अब भने हरेक महिना पछिल्ला तीन महिनाको आधार दरको औसत लिएर तय गरिन्छ। बैंकहरूको मासिक आधार दरमा समेत सिमान्त दरमा कमी आइरहेकोले आगामी महिना कर्जाको ब्याजदर थप घट्न सक्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय