२०८३ बैशाख १८ शुक्रबार

काठमाण्डौं । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गर्दा अन्तरबैंक ब्याजदर लगातार घटिरहेको छ । लामो समयसम्म ७ प्रतिशत कायम रहेको अन्तरबैंक ब्याजदर अहिले ६ प्रतिशतमका झरेको छ ।

जेठ २० गते ६.७५ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर २२ गते घटेर ६.६६ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अन्तरबैंक ब्याजदर घट्नुले वित्तीय बजारमा लगानीयोग्य पुँजी (तरलता) सहज हुँदै गएको संकेत गर्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार दुई दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ । गत जेठ २० गतेसम्म कुल निक्षेप ५५ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा जेठ २२ गतेसम्म बढेर ५५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । तर, बैंकहरुले निक्षेप कर्जादर भने घटाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर