२०८२ असार ३० सोमबार

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधासम्पन्न भवनको उद्घाटन गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक समिति सदस्य कमलेशकुमार अग्रवाल, विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवराज ढकालले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

करिब तीन हजार दुई सय २० वर्गफिटमा फैलिएको भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय