२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैंया क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैया क्यासब्याक दिने भएको हो । सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना प्रयोगकर्ताले १ हजार रुपैयाँ क्यासब्याक जित्न सक्नेछन ।

क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने छ । यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागु हुनेछ ।केही समय यता आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उदेश्यका साथ यो सम्झौता भएको थियो । सो सम्झौता पत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका हुन ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फस्र्योट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर