काठमाडौं । टू व्हीलर र थ्री–व्हीलर निर्माता टिभिएस मोटर कम्पनीले टिभिएस एनटर्क १२५ को स्पोर्टी ब्लुटुथ जडान गरिएको स्कुटरले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिट विक्रीको लक्ष्य पार गरेको घोषणा गरेको छ । सन् २०१८ मा टिभिएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो । धेरै वर्षमा ब्रान्ड इन्डस्ट्री फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको हो । आज टिभिएस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आसियनका १९ देशहरुमा अवस्थित छ ।
कार्यक्रममा बोल्दै टिभिएस मोटर कम्पनीका निर्देशक एवम् सीईओ केएन राधाकृष्णनले भने, “हाम्रो स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख बिक्रीको लक्ष्य हासिल गरेकोमा हामी अत्यन्तै खुसी छौँ । यसको सुरुवात भएदेखि नै स्कुटरले विश्वव्यापी जेन जेड ग्राहकहरुबीच मनपर्दो बनेको थियो । स्कुटरको स्ट्राइकिंग उपस्थिति, जडित टेक्नोलोजी र उच्चप्रदर्शन भएको टिभियस एनटर्क १२५ ब्रान्डको अनुभवको एक विशेषता हो । यो उपलब्धिलाई नवीनतामा बेन्चमार्क सेट गरेर र ग्राहकहरुका लागि आकांक्षा सिर्जना गरेर टिभिएस एनटर्क ब्रान्डलाई फस्टाउने हाम्रो प्रतिबद्धताको एक सुदृढीकरण हो ।”
यो रेस ट्युन्ड ड्युलइन्जेक्शन (आरटी–एफआई)को साथ सुसज्जित पहिलो स्कुटर हो । यस स्कुटरले एक्स्क्ल्युसिभ टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी टिभियस स्मार्ट कनेक्टलाई प्रिमियर गर्दछ । टिभिएस स्मार्ट कनेक्टले फुल्ली डिजिटल स्पीडोमिटरमा फस्ट–इन–सेगमेन्ट थपको होस्टलाई इनेबल गर्छ जसले नेभिगेशन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर, फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरुलाई समेटेको छ ।
नेपाली बजारमा एनटर्क १२५ तीन प्रकारमा उपलब्ध छन्, रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसन । रेगुलर एनटर्क १२५ को मूल्य नेपाली रु २,१८,९०० (ड्रम) र नेपाली रु २,४५,९००(डिस्क), एनटर्क १२५ रेस एडिसनको मूल्य नेपाली रु २,६१,९०० र एफआईलाई नेपाली रु २,७७,९०० अनि एनटर्क सुपर स्क्वाड एडिसनको मूल्य नेपाली रु २,६६,९०० रहेको छ । टिभियस एनटर्क १२५ तीनवटा भेरियन्ट–डिस्क, ड्रम र रेस एडिसनमा उपलब्ध छ ।