२०८३ बैशाख १८ शुक्रबार

काठमाडाैं । सर्वसाधारणका लागि आईपिओ निष्कासनको पाइपलाइनमा २४ कम्पनी रहेका छन् । नेपाल धितोपत्र बोर्डकाे चालु आर्थिक वर्षकाे १० महिनाकाे तथ्याङ्कले यस्ताे देखाएकाे हाे ।

आईपिओ निष्कासनकाे पाइपलाइनमा रहेका कम्पनीहरूमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, डिश मिडिया नेटवर्क लिमिटेड, ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, ट्रेड टावर लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड, कुथेली बुखारी साना जलविद्युत लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सर्वोत्तम सिमेन्ट लिमिटेड, माथिल्लो लोहारे हाइड्रोपावर कम्पनी लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, भगवती जलविद्युत विकास कम्पनि लिमिटेड, एकर्ड फार्मास्युटिकल्स लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, चिर्ख्वा हाइड्रो पावर लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड रहेका छन् ।

जसमध्ये धितोपत्र बोर्डले ४ कम्पनीको आईपिओ निष्कासनका लागि प्रारम्भिक अध्ययन गर्दैछ भने ४ कम्पनीको अध्ययनपछि टिप्पणी पठाइसकेको छ । यस्तै बाँकी १४ कम्पनीहरू अनुमतिका लागि अध्ययनकाे अन्तिम चरणमा छन् । उक्त कम्पनीहरूले १९ अर्ब ८३ कराेड ६९ लाख भन्दा बढी मूल्य बरावरकाे ९ कराेड ८८ लाख ७७ हजार भन्दा बढी कित्ता सेयर निष्कासन गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर