२०८१ माघ २ बुधबार

काठमाडौं । निजी क्षेत्रका छाता संगठनहरूले निषेधाज्ञाको समयमा कर बुझाउन नसकेका व्यवसायीलाई जरिवाना नलगाउन सरकारसँग माग गरेका छन्।
नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, र नेपाल चेम्बर अफ कमर्सले करमा जरिवाना नलगाउन माग गरेका हुन् । व्यवसायीहरुले संयुक्त विज्ञप्ति निकालेर निषेधाज्ञाका कारण आवागमनसमेत अवरुद्ध हुँदा मासिकरूपमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतको विवरण र कर रकम समयमा नै बुझाउनसक्ने परिस्थिति नभएको बताएका हुन । उनीहरुले अहिलेको विषम् अवस्थालाई मनन गरी कर राजस्व बुझाउन नसकेका उद्यमी व्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन सरकारसँग अनुरोध गरेका हुन । व्यवसाय सञ्चालनमा रहेका र राजस्व बुझाउन सक्ने उद्यमी व्यवसायीलाई भने गत वर्षजस्तै समयमा राजस्व बुझाएर आफ्नो दायित्व पूरा गरी सरकारलाई सहयोग गर्न अपिल गरेका छन्। यस्तै अर्थतन्त्रलाई चलायमान बनाउन उद्यमी, व्यवसायी, कामदारलाई कोभिडविरुद्धको खोप सुनिश्चितता गर्नसमेत माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय