
काठमाडौं । नेपालमा बैंकहरुले तरलता अभावलाई देखाउँदै गरेको व्याजदर बृद्धिले उद्योगी–व्यवसायी देखि सर्वसाधारणसम्म मर्कामा परेका छन् । देशको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको बेला सक्रिय बन्नुपर्ने नीजि क्षेत्र नै व्याजदरकै कारण स्थिर छ । जसकारण सुधारोन्मुख बन्नुपर्ने अर्थतन्त्र झनै संकटको दिशातर्फ अघि बढीहरको छ ।
पछिल्लो समय अप्रत्याशित रुपमा बढीरहेको बैंकको व्याजदरले उद्योगी, व्यवसायी देखि आम सर्वसाधारण मर्कामा परेका छन् । तरलता अभाव देखाउँदै निरन्तर भइरहेको व्याजदर वृद्धिले ठुला उद्योगी व्यवसायी देखि सामान्य व्यक्तिहरुले समेत समस्या भोग्नु परिरहेको छ ।
बैंकको क्रण र अत्याधिक व्याजदरले थिचिएर मानिसहरु आत्मदाहको बाटो रोज्न बाध्य भइरहेका छन् । यतिबेला बैंकहरुले कर्जामा लाग्ने व्याजदर १५ प्रतिशत भन्दा माथि पुर्याएका छन् ।
नेपाल राष्ट्र वैंकले कर्जा र निक्षेपबिचको व्याजदर अन्तर (स्प्रेडदर) ४ दशमलत ४ प्रतिशत कायम गरेको छ । चैत्र महिना भित्र उक्त स्प्रेडदरलाई ४ दशमलव २ मा झार्ने र असार सम्म ४ प्रतिशत कायम गर्ने लक्ष्य राष्ट्र बैंकको छ ।
बैंकहरुको ब्याजदरले देशको अर्थतन्त्रमा समेत ठुलो प्रभाब पारिरहेको छ । बैंकहरुले अत्याधिक ब्याज असुल्दा उद्योग–कलकारखाना धरासयी बनिरहेका छन् । व्याजदरविरुद्ध व्यवसायीहरु सडकमा आन्दोलित हुनुपरिरहेको छ । कतिपय व्यवसायीहरु व्यापार छोडेर पलायन भइरहेका छन् ।
यसरी अप्रत्याशित बढीरहेको व्याजदरलाई नियन्त्रण गर्न सरकार र निजिक्षेत्र सहकार्यको आवश्यक्ता भएको नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् ।
देशमा आर्थिक संकट चुलिदै गएपछि बैंककोे व्याजदर पनि उकालो लागिरहेको छ । एउटा व्यक्तिले ७ देखि ८ प्रतिशतमा लिएको कर्जाको व्याज यतिबेला १५ देखि १६ प्रतिशतसम्म तिर्नुपरेको गुनासोहरु पनि आउने गरेका छन् । तर, नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष सुनिल केसी भने यो बिषयलाई लिएर यस्तो धारणा प्रस्तुत गर्छन् ।
मुलुकको बिगद्रो अर्थतन्त्रलाई चलायमान बनाउन पनि नीजि क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने हुन्छ । तर, पछिल्लो समय बैंकको व्याजदरलाई कारण देखाएर निजि क्षेत्र स्थिर जस्तै बनेको छ । अर्थतन्त्रका सुचकहरु चलायमान बन्न सकेका छैनन् । यसले पनि नेपालको अर्थतन्त्र सुधारमा ठुलो धक्का पुगिरहेको छ । त्यसैले यस बिषयमा सम्बन्धीत सरोकारवाला निकाय सचेत बन्न जरुरी छ ।