२०८० जेष्ठ १८ बिहीबार

काठमाडौं । आर्थिक मन्दीले कम छोएको भन्दै आएको वित्तीय क्षेत्र, बीमामा पनि त्यसको नकारात्मक प्रभाव देखिएको छ। एक महिनामै एक अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी सरेन्डर भएको तथ्याङ्कले यस्तो निष्कर्षलाई सहयोग पुर्‍याएको हो। गत फागुन महिनामा १८ वटा जीवन बीमा कम्पनीको १ अर्ब ८ करोड २६ लाख ६५ हजार रुपैयाँ बराबरको ८ हजार ९३९ बीमा पोलिसी सरेन्डर भएको हुन् ।

पछिल्ला तीन महिनामा यसरी ठूलो रकमको बीमा पोलेसी त्याग भएको देखिएको हो। त्यागिएका बीमा लेखको सङ्ख्या समेत उच्च देखिएको छ। गएको पुस महिनामा ८७ करोड ४३ लाख ३० हजार बराबरको ६ हजार ७ सय ८२ वटा बीमा लेख त्याग भएका थिए । त्यसैगरी माघ महिनामा १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार बराबरको ९ हजार ८३९ वटा बीमा लेख सरेन्डर भएका थिए।

नेपाल बीमा प्राधिकरणका अनुसार फाल्गुन महिनामा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । यस कम्पनीका २ हजार ५७६ बीमितले ३४ करोड २० लाख ६३ हजार रुपैयाँ पोलिसी त्याग गरेका हुन् ।

त्यस्तै, फागुन महिनामा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को १५ करोड ७३ लाख ६८ हजार रुपैयाँ बराबरको एक हजार ४१ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यसका साथै राष्ट्रिय बीमा संस्थानको १४ करोड ४१ लाख ७४ हजार रुपैयाँ बराबरको दुई हजार १५३ बीमा पोलिसी सरेन्डर भएको छ ।

त्यसैगरी, यसै अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ६७ लाख १४ हजार रुपैयाँको ३९२ वटा, मेट लाइफको ३ करोड ९८ लाख ३३ हजार रुपैयाँ बराबरको ३४२ वटा, एसियन लाइफको ७ करोड २५ लाख ८८ हजार रुपैयाँको ६३६ वटा र गुराँस लाइफ इन्स्योरेन्सको २ करोड २३ लाख २८ हजार रुपैयाँ बराबरको २६० वटा बीमा पोलिसी सरेन्डर भएको हो ।

बीमितहरुले प्राइम लाइफबाट २ करोड ६० लाख ७ हजार रुपैयाँ बराबरको ३६२ वटा, आईएमई लाइफबाट ८३ लाख १२ हजार रुपैयाँ बराबरको ८१ वटा, युनियन लाइफबाट एक करोड ४९ लाख ९२ हजार रुपैयाँको ६९ वटा र सन नेपाल लाइफ इन्स्योरेन्सबाट ४४ लाख ८४ हजार रुपैयाँ बराबरको ४० वटा बीमा पोलिसी सरेन्डर भएको तथ्याङ्कमा उल्लेख छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार बीमितहरुले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ९५ लाख ४६ हजार रुपैयाँ बराबरको ११२ वटा, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको ७५ लाख ९ हजार रुपैयाँ बराबरको ११४ वटा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ५६ लाख २३ हजार रुपैयाँ बराबरको ७३ वटा पोलिसी सरेन्डर भएको छ ।

त्यसैगरी, सोही अवधिमा बीमितहरुले सानिमा लाइफ इन्स्योरेन्सबाट ८६ लाख ९१ हजार रुपैयाँ बराबरको ४८ वटा, प्रभु लाइफ इन्स्योरेन्सबाट ५० लाख ६८ हजार रुपैयाँ बराबरको ४७ वटा, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ४० लाख ४७ हजार रुपैयाँ बराबरको ३६ वटा र सूर्यज्योति लाइफको १३ करोड ३३ लाख १८ हजार रुपैयाँ बराबरको ५५७ वटा पोलिसी सरेन्डर भएको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय