
काठमाडौ । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को संचलाक समितिमा दुई नयाँ सञ्चालक नियुक्त भएका छन्। वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल संचालक पदमा नियुक्त भएका छन्।
स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दाहाल नियुक्त भएका छन्। एनसीएचएलको २०६औं संचलाक समितिको बैंठकले ढकाल र दहाललाई नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुमार्फत प्रवद्र्धित कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ। एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ।