२०७९ चैत्र १२ आईतवार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा नेपाल राष्ट्र बैंकले ३१ खर्ब ४६ अर्बभन्दा बढीको तरलता व्यवस्थापपन गरेको छ ।

समीक्षा अवधिमा यस बैंकबाट रिपोमार्फत रु. ३२२ अर्ब ४१ करोड, सोझै खरिद बोलकबोलमार्फत रु. ८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत रु. २७०६ अर्ब ९३ करोड र ओभरनाइट तरलता सुविधा ३३ अर्ब ८१ करोड गरी कुल रु. ३१४६ अर्ब ९९ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको छ भने रिभर्स रिपोमार्फत रु. ५ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु.४०२६ अर्ब ४ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब २७ करोड खुद खरिद गरी रु.४२६ अर्ब २८ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ९० करोड खुद खरिद गरी रु.१०८ अर्ब ३२ करोड तरलता प्रवाह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय