२०८३ बैशाख २० आईतवार

काठमाडौं । विगतका आर्थिक वर्षको नाफाबाट लघुवित्त कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । दोस्रो बजारमा हालसम्म कुल ५८ लघुवित्त कम्पनी सूचीकृत रहेकोमा ३३ कम्पनीले यो आर्थिक वर्ष लाभांश घोषणा गरिसकेका छन् ।

अन्य समूहका कम्पनीहरुको तुलनामा लघुवित्तहरुको लाभांश उल्लेख्य पाइएको छ । लघुवित्त कम्पनीले ७६ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । जल्पा सामुदायिक लघुवित्तले सबैभन्दा धेरै ७३ प्रतिशत सेयर बोनस र ३.८ प्रतिशत नगदसहित कुल ७६.८ प्रतिशत लाभांश घोषणा गरेको हो ।

त्यस्तै उपकार लघुवित्तले ६१.७५ प्रतिशत बोनस र ३.२५ प्रतिशत नगद गरी कुल ६५ प्रतिशत लाभांश घोषणा गरेको छ । महिला लघुवित्तले ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद गरी ५० प्रतिशत लाभांश घोषणा गरेको छ । यी तीनै कम्पनीको बुक क्लोज भइसकेको छैन । अर्थात् हाल सेयर किन्नेले पनि यी कम्पनीको लाभांश पाउने छन् ।

लाभांश घोषणा गरेकामध्ये ९ कम्पनीको बुक क्लोज भइसेकेको छ । यी ९ कम्पनीको सेयर खरिद गर्नेले यो वर्ष लाभांश पाउने छैनन् । नेरुडे लघुवित्तले मंगलबारका लागि बुक क्लोजको मिति तय गरेको छ । अधिकांश लघुवित्त कम्पनीहरुले लाभांशमा सेयर बोनसलाई प्राथमिकता दिएका छन् । सेयर बोनस दिँदा कम्पनीको चुक्ता पुँजी समेत वृद्धि हुन्छ ।

कुन कम्पनीले कति घोषणा गरे लाभांश ?

कम्पनी बोनस नगद कुल
जल्पा ७३ ३.८४ ७६.८४
उपकार ६१.७५ ३.२५ ६५
महिला ४७.५ २.५ ५०
नेसनल ३८.५ ३८.५
आधिखोला ३० १.५८ ३१.५८ (क्लोज्ड)
सीवाईसी ३० १.५८ ३१.५८(क्लोज्ड)
फरवार्ड २५ ३० (क्लोज्ड)
आरएमडीसी २६ १.३६ २७.३६
साना किसान २६ १.३ २७.३६
छिमेक २२ ३.२६ २५.२६
माहुली २० २५
स्वरोजगार २२ १.१५ २३.१५
नेरुडे २२ १.१५ २३.१५
मिर्मिरे २३ २३ (क्लोज्ड)
डिप्रोक्स १० ११.०५ २१.०५
स्वाभिमान २० १.०५ २१.०५
स्वाबलम्वन १५ ६.०५ २१.०५
कालिका १९ २०
ग्लोबल आईएमई १२ २०
लक्ष्मी १५ २०
इनिफिनिटी २० २०
नयाँ सारथी १९ २०
निर्धन १९ २०
साधना १९ २० (क्लोज्ड)
मेरो १० १० २० (क्लोज्ड)
फर्स्ट १९ २० (क्लोज्ड)
सबैको १८ ०.९५ १८.९५
मिथिला १५ ०.७८ १५.७८
सिभिल ११ ०.५८ ११.५८
सपोर्ट ११ ०.५७ ११.५७
आरएसडीसी ११ (क्लोज्ड)
एनएमबी १० ०.५२ १०.५२
गुराँस ०.२१ ४.२१ (क्लोज्ड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर