२०८२ असार ३० सोमबार

काठमाडौं । गैरकानुनी ढंगले काठमाडौंको सोल्टी होटलमा शनिबारदेखि चलिरहेको ‘दुबई प्रोपर्टी शो’ मा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी वृत्ति कालिमाटीका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) अनिल घिमिरे नेतृत्वको टोलीले राष्ट्र बैंकले विदेशमा घरजग्गा किन्न बन्देज गरेपनि गुपचुप रुपमा दुबईमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्दै प्रोपर्टी शो चलाइएको थाहा पाएपछि आइतबार छापा मारेको हो ।

द म्याक नामक कम्पनीले २१ र २२ जनवरीमा मेलाको आयोजना गरेको थियो । तर, मेलाको अन्तिम दिन प्रहरीले छापा मारेको छ । मेलाका लागि दुबईबाट ३ र भारतबाट २ गरी ५ विदेशी आएको बताइएको छ ।

प्रहरीले उनीहरुको राहदानी पनि नियन्त्रणमा लिएको छ। नेपालमा बस्ने नेपाली नागरिकले विदेशमा कुनै अचल सम्पत्तिमा लगानी गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले सूचना गरेको छ ।

सूचनामा भनिएको छ, ‘नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुनेगरी कुनै पनि कार्यहरू जस्तैः विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार (सोसम्बन्धी प्रचारप्रसार समेत) र यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्नु र नगराउनु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय