२०८१ मंसिर २४ सोमबार

काठमाडौ । सानिमा बैकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहक महानुभावहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन सकिने छ । रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिग एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत् सोझै नगद वा बैकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न सकिने बैकले जनाएको छ ।

बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने र यसका साथै मोबाईल बैकिग एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै बैक खातामा संकलन वा प्राप्त गर्न सक्ने पनि बैकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैकको ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्ट मार्फत रेमिट्यान्स रकम संकलन गर्न सकिने छ भने बैकको रेमिटयान्स सेवा सानिमा सजिलो ई बैकिग वेभ भर्सनमा उपलब्ध रहेको छ । बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटिएम संचालनमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय