२०८३ बैशाख ५ शनिबार

काठमाडौँ। नेपाल स्टक ब्रोकर एसोसिएसनको हालै सम्पन्न अधिवेशनले सर्व लक्ष्मी सेक्युरिटिजका सञ्चालक धर्मराम राज सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको छ। ब्रोकर नम्बर ३७ का सञ्चालक उनी जीएन भुसाललाई पराजित गर्दै निर्वाचित भएका हुन्।

प्राप्त जानकारी अनुसार जम्मा ५० जना मात्र सदस्य रहेको एसोसिएसनको नयाँ नेतृत्वको लागि सापकोटा र भुसालबिच सहमतिको प्रयास विफल भएपछि निर्वाचन गरिएको थियो। कुनै पनि हालतमा चुनावको वातावरण बन्न नदिने भन्ने ब्रोकरहरूको प्रयास सफल नहुँदा अध्यक्षको मात्र निर्वाचन गरिएको थियो।

एसोसिएसनको उपाध्यक्षमा भने ४१ नम्बर ब्रोकर लिन्च सेक्युरिटिजकी प्रबन्ध सञ्चालक सरिता अधिकारी चयन भएकी छिन्। यसै गरी महासचिवमा ५२ नम्बर स्टक ब्रोकरका सञ्चालक फणीन्द्र ढकाल चयन भएका छन्। एसोसिएसनका कोषाध्यक्षमा नासा सेक्युरिटिजका मदन पौडेल चयन हुँदा सचिवको जिम्मेवारी भने सुवेध अधिकारीले प्राप्त गरेका छन् । सो अधिवेशनले सदस्यमा मित्रलाल श्रेष्ठ, प्रियान्सु अग्रवाल र प्रज्जवल उप्रेतीलाई चयन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर