काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् । कम्पनीको पुस २१ गते बसेको १३ औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट उनलाई अध्यक्षमा चयन गरेको हो ।
सभाले संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन तालिका बमोजिम सभामा आगामी ४ बर्षको कार्यकालका लागि संचालक सदस्यमा क्र्रमश हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ, र दिलिप शेखर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो ।
साथै सोही दिनमा बसेको नव निर्वाचित संचालक समितिको बैठकले संचालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन् ।
लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरि हिल्सको परिकल्पना गरेका थिए ।















