
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुईदिने अभिकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको शुभारम्भ कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका हुन् । साथै उपस्थित सम्पूर्णलाई स्वागत गर्दै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा जानकारी दिएका थिए ।
धुलिखेलमा आयोजना गरिएको दुई दिने प्रशिक्षणमा अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने कम्पनीले जनाएको छ । देशभरबाट करिब १२५ जना अभिकर्ता उक्त प्रशिक्षण कार्यक्रमका लागि चुनिएका थिए ।
उक्त कार्यक्रममा प्रशिक्षण दिनका लागि जीवन बीमामा अन्तराष्ट्रिय ख्यातिप्राप्त भारत, मुम्बइका राजेश सतोष्कार उपस्थित भएका छन् । उनी भारतीय जीवन बीमा निगमका सफल अभिकर्ता हुन् । कम्पनीले पुष २३ गते आर्मी अफिसर क्लबमा करिब ८ सय जना अभिकर्ताहरुलाई प्रशिक्षण दिने तयारी रहेको छ ।