२०७९ चैत्र १२ आईतवार

काठमाडौं । सन् २०२२ मा छ लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न देशबाट हवाई मार्ग हुँदै छ लाख १४ हजार एक सय ४८ विदेशी नेपाल आएका हुन् ।

सबैभन्दा धेरै अक्टोबरमा ८८ हजार पाँच सय ८२, जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४२ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मे मा ५३ हजार छ सय आठ, जुनमा ४६ हजार नौ सय ५७ र जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

अगष्टमा ४१ हजार तीन सय चार, सेप्टेम्बरमा ५८ हजार तीन सय १४, अक्टोबरमा ८८ हजार पाँच सय ८२, नोभेम्बरमा ७२ हजार छ सय ५३ र डिसेम्बरमा ६७ हजार नौ सय ९३२ जना आएका छन् ।

सबैभन्दा धेरै भारतबाट दुई लाख लाख नौ हजार एक सय पाँचजना नेपाल आएका छन् भने अमेरिकाबाट ७७ हजार नौ, युकेबाट ४४ हजार सात सय ८१, अष्ट्रेलियाबाट २६ हजार आठ सय ७४ र बंगलादेशबाट २५ हजार तीन सय ८४ जना आएका बोर्डको तथ्यांकमा उल्लेख छ ।

सन् २०२० मा दुई लाख ३० हजार, २०२१ मा एक लाख ४९ हजारमात्रै विदेशी पर्यटक आएकोमा कोरोना महामारी न्यूनीकरणसँगै पर्यटक आउनेक्रम बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय