२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । फिटनेस र स्पोर्ट्स सामग्रीको अन्तर्राष्ट्रिय ब्राण्ड एन्टाले नेपालमा पहिलोपटक अफिसियल स्टोर स्थापना गरेको छ । कम्पनीले नेपालमा स्पोर्टस् भेन्चर प्रालिमार्फत् सेवा सुरु गरेको हो ।

काठमाडौंको सुन्धारास्थित सिभिल मलमा महानायक राजेश हमालले शोरुम उद्घाटन गर्दै आफू स्पोर्ट्स र फिटनेसमा चासो राख्ने व्यक्ति रहेकाले एन्टाजस्तो अन्तर्राष्ट्रिय ब्राण्डले नेपालमा औपचारिकरूपमा बिक्री सुरु गर्नु उपभोक्ताका लागि खुशीको कुरा रहेको बताउनुभयो ।

स्पोर्ट्स भेन्चरका सञ्चालक विश्वास थोकरले एन्टाको एक्सक्लुसिभ स्टोरमार्फत् लेडिज, जेन्सका जुत्ता तथा कपडादेखि फिटनेस तथा खेलकुद सामग्री स्टोरमा पाइने बताउनुभयो । कम्पनीले स्टोर शुभारम्भका अवसरमा १० प्रतिशत छुट तथा क्यास ब्याक अफर सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर