
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र नेपाल चिकित्सक संघको संयुक्त पहलमा टेली मेडिसिन सेन्टर सञ्चालनमा ल्याइएको छ । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवनरक्षाको लागि हामी एक हौँ’ भन्ने अभियान अन्तर्गत यो सेन्टर सञ्चालनमा ल्याएको जनाइएको छ । टेलिमेडिसिन सेन्टरको लागि चेम्बरले मुख्य प्रायोजन गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले संयुक्त रुपमा उदघाटन गरेका हुन । अध्यक्ष मल्लले कोभिड–१९ बाट प्रभावित व्यक्तिले देश तथा विदेशबाट अनलाइन परामर्श लिन सक्ने बताए । उनले चेम्बरले कोभिड व्यवस्थापन समिति गठन गरी विभिन्न सरकारी अस्पतालहरुलाई कोभिड नियन्त्रणसँग सम्बन्धित सामग्री तथा उपकरण सहयोग गर्दै आएको पनि बताए । केन्द्र सञ्चालनका लागि साल्ट टे«डिङ कर्पोरेसन तथा ईश्वरलाल प्रतिष्ठान सहप्रायोजक रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।