२०७९ चैत्र १२ आईतवार

पछिल्लो सयम लघुवित्तले सर्वसाधारणलाई दुःख दिएको भन्दै आन्दोलन समेत भयो । लघुवित्तबाट ऋण लिनेहरुले लघुवित्तले बदमासि गरेको आरोप लगाउँदै आएका छन् । लघुवित्तहरुले भने आफूहरुले आम सर्वसाधारणलाई वित्तीय सहयोग गरेको दावी गरिरहेका छन् । के लघुवित्तले बदमासि गरेकै हुन् वा आरोप मात्रै लगाइएको हो ? यसै विषयमा केन्दित रहेर केटिएम भ्वाइसले लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालसँग गरेको कुराकानी सान्दर्भिक ठानेर साभार गरिएको छ :

लघुवित्तको विषयलाई लिएर जनताहरु सडकमा आएका छन् । के छ तपाईंको धारणा ?
लगभक ५९ लाख मानिसहरु लघुवित्तसँग जोडिएका छन् । जसमध्ये ३३ लाखभन्दा बढिले ऋण लिएर कारोबार गरेका छन् । संस्थाहरुको काम गराई वा कार्यसैलीमा केही कमजोरी छ तर त्यो भन्दा बढी केहि व्यक्तिहरु खासगरि निजी स्वार्थ वा कुनै राजनीतिक संघमै जोडिएका मान्छेहरु पनि त्यसको नेतृत्व गरेको थाहा पायौं । त्यो चाहिँ दुर्भाग्य हो । कुनै पनि व्यक्तिको आफ्नो स्वार्थसिद्धको लागि यो आएको जस्तो लाग्छ ।
स्वार्थसिद्धको लागि हो भन्ने अवस्था छ र ? आम नागरिक पनि सडकमा आएको अवस्था छ नि त ? अनि उनिहरु कोबाट परिचालित भए ?
नागरिकहरु त परिचालित भए । तर जस्तै थुप्रै मिडियाहरुले चाहिँ नेतृत्वमा भएको मान्छे चाहिँ कुनै पार्टीसंग जोडिएको भनेर भन्या छ । तर राजनीतिक दलमा लागेको मान्छे अलिक सचेत हुनु पर्ने तर उहाँहरुको के स्वार्थ हो थाहा छैन । यो वित्तीय संस्था, लघुवित्तलाई बन्द गराएर कस्को स्वार्थ पुरा हुने हो थाहा छैन । तर त्यो चाहिँ दुरभाग्य हो । अहिले चाहिँ मन्दिको अबस्था छ जसकाकारण ग्राहकलाई किस्ता तिर्न अफ्ठ्यारो छ । त्यो त स्वभाबिक नै भयो, त्यसमा बढी लघुवित्तका कर्मचारीहरुले पैसा देउ भनेर अलिक प्रेसर दिएको अवस्था पनि होला । तर त्यो सहज अबस्था त हैन हामीलाई पनि त्यति राम्रो लाग्दैन । तर ऋण लगेको हो किस्ता असुल त गर्नुपर्छ त्यो त संस्थाको काम हो उसले गर्छ ।
त्यो सर्वसाधारणलाई दबाव दिएको चाहिँ हो कि हैन ? ऋण उठाउने कुरामा तपाईंहरु कत्तिको दबाव दिनुहुन्छ ?
ऋण उठाउने त स्वभाविक हो त्यो त जसले नि भन्छ । ठूला मान्छे पनि सडकमा आउनु भएको छ । समस्या त छ त्यहां पनि बैंक वित्तीय संस्थाले मागि रहेको छ । समस्या छ यो सबैको समस्या हो, त्यसकारण समस्या कहाँ छ के छ त्यो हेरौँ भनेर सबै मिल्यौं भने त्यो समस्याको समाधान निस्किन्छ । तर बैंक तथा वित्तीय संस्था बन्द गर यिनीहरु भनेको साहु मार्जन हो भन्दै बिभिन्न नाम दिएर लघुवित्तप्रति नकारात्मक धारणा फैलाउने काम भैरहेको छ त्यो हाम्रो लागि चिन्ताको विषय बनिरहेको छ ।
माईक्रोफाइनान्स एसोसिएसनको नेतृत्व अलिक कमजोर भएका हो कि भन्ने लाग्दैन ?
एसोसिएसन आफैले गर्दाचाहिँ त्यो व्याख्या हुँदैन । हामी आरोपित व्यक्ति हो, आरोपित व्यक्तिले जे भने पनि त्यो लागि हँुदैन । खासगरि नियामक निकाय जस्तै नेपाल राष्ट्र बैंक, नेपाल सरकार उहाँहरुको माग चाहिँ लघुवित्तको ऋण मिनाहा गर्नुप¥यो कसले दिने हो त मिनाहा । हामीले बैंक वित्तीय संस्थाबाट ऋण लिएर ऋण लगानी ग¥याछौं । त्यो ऋणमा हामीले मिनाहा दियौ भने हामीले बैंक वित्तीय संस्थालाई तिर्न सक्दैनौं ।
लघुवित्तले समग्रमा कति लगानि ग¥या छ ?
लघुवित्तको झन्डै ३७५ अर्बको लगानी रहेको छ ।
अहिले मिनाहा गर्नु पर्ने आवाज उठिरहेको रकम कति छ ? निकै ठूलो मात्रामा छ कि केही मात्रै हो ?
उहाँहरु त्यहिँ आएको मान्छेलाई पनि व्यक्तिगत रुपमा सोध्यो भने कन्भिन्स हुनुहुन्न । त्यहि पनि सडकमा आउँदैमा फिर्ता भैहालछ कि भन्ने थोरै आश जगाइदिएको हुनसक्छ । तर त्यो मान्छेलाई थाहा छ कि बैंक वित्तीय संस्थाको ऋण नतिर्नु भनेको बैंकिङ्ग अपराध हो । कानुनिरुपमा गृह मन्त्रालयले पनि परिपत्र ग¥याछ । तर त्यसलाई मजाले कार्यन्वयन भने गरेको अवस्था छैन ।
कार्यन्वयन किन भएन ? तपाईंले पहल गर्नुभएन ?
हामीले पहल गर्ने त हो तर अहिले देश चुनाबी माहोलमा छ । सबै कर्मचारिहरु अहिले चुनाबमा लागेको अवस्था छ । त्यस कारणले अहिले अरु बिषयमा छलफलको कम सम्भावना छ । त्यो पनि एउटा कारण होला, र यो कानुनी रुपमा गैरकानुनि हो भन्ने कुरा गृह मन्त्रालयको चिट्ठिले पनि भनिसकेको छ । बैंकको ऋण तिर्दिन भन्नु चाहिँ बैंकिङ्ग अपराध हो ।
तर तपाईंहरुले ढाड सेक्नेगरी ब्याज लगेको त स्वीकार गर्नुहुन्छ नि ?
नेपाल राष्ट्र बैंकले तोकेको लघुवित्त संस्थाहरुको १५ प्रतिशत ब्याजदर हो । कसैले १६ प्रतिशत लगाको छ, प्रमाण छ भने त उजुरी गर्नुप¥यो नि त । धेरैमा पनि एउटा दुविधा के छ भने व्याजदर चाहिँ राष्ट्र बैंकले क्याप लगाइदिएको छ १५ प्रतिशत, तर अन्य विभिन्न शुल्कका नाममा चाहिँ ग्राहकको ढाड सेक्ने काम भइरहेको छ ? मान्छेले एउटा रेगुलर बचत गर्छ । एउटा सेवा चार्ज जुन ऋण दिँदा लिने एउटा रकम छ त्योचाहिँ १.५ प्रतिशत हो र त्यति नै लिरहेका छौँ । अब यहाँ बीमाको कुरा आएको छ । कुनै ग्राहकको मृत्यु भयो भने त्यो परिवारलाई बोझ न होस् भनेर हामीले बीमा ग¥या हौँ र त्यो बीमाबाट आएको प्रिमियम हामीले बीमा कम्पनीलाई दिन्छौं ।
त्यो चाहिँ अनिवार्य गर्नुभएको छ ?
त्यो हामीलाई राष्ट्र बैंकले पनि गर भनिरहेको छ ।
त्यो त ग्राहकको पनि आफनो इच्छा होला नि त ?
ग्राहकको आफ्नो इच्छा भन्दा पनि त्यसलाई बाध्यात्मक बनाउनुपर्ने छ । किनभने दुर्भाग्यवश एउटा अप्रिय घटना घट्यो भने के गर्ने त्यो बेलामा एउटा ऋण लिएर त्यो मान्छेलाई केही भयो भने के गर्ने । ऋण त मिनाहा हुँदैन अनि त्यो भोलिपल्ट देखि बैंकका कर्मचारी त्योे मान्छेको घरमा जानुप¥यो पैसा लेउ भनेर त्यो राम्रो भएन नि । त्यसकारण बीमाबाट सुरक्षित हुन भनेर सबै विजनेसले गरिरहेको छ । यो त हामीले हाम्रो जोखिमलाई कम गर्न लिएको हो नि त । हामीबाट हुन सक्ने वित्तीय जोखिम या अरु जोखिमलाई कम गर्न लिएको हो नि त । अब कता अनिवार्य पनि ग¥याछ धेरै संस्थाहरुले । कसैले ग¥याछैन, त्यस कारणले अब त्यसलाई बैंकले पैसा लियो बैंकले ठग्यो भनेर भन्दा पनि अब कतै के कुरा आउँछ भने हाम्रो व्यवसाय डुब्यो हाम्रो व्यवसायको बीमा पनि गर्दिएन भनेर भन्याछ । बीमा ग¥यो भने पैसा किन लियो भन्ने पनि छ ।
त्यो बुजाउन पनि नसक्या होला जनतालाई ?
बुझेर पनि बुझ पचाए को हो भन्छु मचाहिँ ।
तपाईंहरुको ग्राहक भनेका त सामान्य गाउका विपन्न वर्ग जो खेती किसानी गर्ने अझ भनौं सहज रुपमा बिहान बेलुकाको छाक टार्न गाह्रो पर्ने ग्राहकहरु पनि हुनुहुन्छ, उहा“हरुले त नबुझनु पनि भको होला ?
नबुझ्नु पनि भ’को होला हाम्रो पनि कमजोरि छ सुधार गर्न जरुरी छ ।
तपाईंहरुले वित्तीय साक्षरताको लागि खर्च गर्नुहुन्न ?
गरिरहको छ तर जति हुनुपर्ने भएको छैन ।
जस्तो लघुवित्तले अत्याधिक नाफा कमाउछन भनिन्छ । जस्तै हामीले देखेका पनि छौं कमर्सियल बैंकको शेयर मूल्य २०० रुपैयाँ पुग्न मुस्किल पर्छ, एउटा लघुवित्तको शेयरमूल्य ५००० सम्म पुग्छ । यसले गर्दाचाहिँ लघुवित्तहरुले अलिक बढि नाफा कमाको हो ?
अहिले अर्निङ्ग पर शेयर चाहिँ उच्च छ । तर त्यसभित्रको कथा के छ भन्ने कुरा थाहा पाउन जरुरी छ । एउटा सानो ठेला चलाउनेले दिनमा २०० प्रतिशत कमाउँछ, उसको स्केल के थियो भने ५०० लगानी गरेर १००० कमाको हो । पहिलो कुरा त स्केल हो र दोस्रो कुरा राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई अलिक उदारता दिएको छ । हामीलाई काम गर्न थोरै पुँजीले धेरै विजनेस गर भन्याछ । धेरै विजनेस गर्दाखेरि थोरैथोरै नाफा लिंदा धेरै देखिने भयो । पुँजी अनुसार हेरिन्छ नि त नाफा । जस्तै म आफनै उदाहरण दिन्छु, हाम्रो ३० करोड पुँजी छ, मेरो ५ अर्ब पोर्टफोलियो छ । ५ अर्बमा मैले १ प्रतिशत मात्रै मार्जिन लिए भने मलाई ५ करोड नाफा हुन्छ । ३० करोडमा ५ करोड नाफा हुनु भनेको १६ प्रतिशत हो ।
तपाईंहरुले कतिमा काम गर्नुहुन्छ अहिले ?
अहिले त हाम्रो आम्दानी भन्दा बढि त खर्च छ ।
अहिले तपाईंहरुको समग्रमा एनपिएलको अबस्था के छ ?
समग्र एनपिएल बढ्दो छ । यसको दुईवटा कारण छ । एउटा त ग्लोबल रिसेसनको नै कुरा सबैले पैसा नभएको एउटा अफठ्यारो कुरा भयो अनि पछिल्लो चरणमा नेपालमा पनि जुन विद्रोहहरु भइरहेको छ नि लघुवित्तको खिलाफमा त्यसले गर्दा पनि बढ्याछ । अहिले पख्नुस है तिर्नु पर्दैन भन्या छन् पछि आउँछु भन्ने ग्राहक पनि छन् ।
के गरी समाधान गर्ने होला यो समस्या ? पछि झनै विकराल हुन्छ कि ?
नेपाल सरकारले भन्नु पर्छ यि लघुवित्त संस्थाहरु सरकारी नियमनबाट चलेका हुन् । यिनिहरुको केही कमी कमजोरी छ भने उजुरी गर तर यस्तो न भन भन्नु पर्छ । बैंक वित्तीय संस्था डुब्नु भनेको त सबै अर्थ व्यवस्थामा असर पर्नु हो नि त । भोलि बैंकहरु सबै धरासायी भयो भने के हुन्छ होला देशको अर्थतन्त्र ।
लघुवित्तको विचार चाहिँ कसरी आयो ? ग्रामिण भेगका जनता जो विपन्न छन् तिनिहरुलाई वितीय रुपमा सबल बनाउन आएको विचार हो ? तर पछिल्लो समय धेरै नाफा कमाउने लघुवित्तको शेयर किन्यो भने धेरै कमाइ हुन्छ भनिन्छ । अनि पछिल्लो समय लघुवित्त संस्थाहरु बदनाम भए भन्ने छ यसलाई तपाईं कत्तिको स्वीकार्नु हुन्छ लघुवित्तको बदनामि लघुवित्तकै कारण भएको हो ?
हाम्रो पनि कमि कमजोरी छ, अब एउटा कुरा एउटा ग्राहकले पैसा लिएर गएको छ उसले पैसा तिर्न सक्दैन भनेर उसको गाईबस्तु उठाएर लिएर गए । संस्थाले दबाव नदिएको भए त्यो गर्थेनन् होला । संस्थाको स्टाफले पनि पैसा तिर्न भन्यो संस्थाको स्टाफलाई पनि दबाब छ । यो समग्र साइकलको कुरा हो । तर अलिकति बढि नगरेको भएनि हुन्थ्यो हामीलाई लाग्छ । त्यसमा हामी छलफल गरेर करेक्सन गर्न तयार छौं । त्यसको नाममा ऋणनै न तिर्ने भन्न त भएन नि । समस्या छ समस्या सबैतिर छ त्यसको समाधान के हुन्छ भन्ने कुरा जान्नु पर्छ ।
लघुवित्तको छाप कसरी सुधारने, राष्ट्र बैंकले केही गर्दिए हुन्थ्यो भन्ने छ वा हामी आफै सुधारिनु पर्छ भन्ने छ ? कि जनताको लागि केही जागरुकताका कार्यक्रम चलाउनु पर्छ भन्ने छ । तपाईंलाइ के लाग्छ यो छाप कसरी सुधार्ने ?
सबैको भूमिका हुन्छ त्यसमा, हामीले हाम्रो कार्यनीतिमा परिवर्तन ल्याउनुप¥यो, वित्तीय साक्षरथाको बारेमा बुझाउनु हाम्रो जिम्मेवारी हो हामी गर्छौं । अब नेपाल सरकार, नेपाल राष्ट्र बैंक हाम्रो नियामक उहाँहरुले पनि स्पष्ट पार्दिनुप¥यो कि यो लघुवित्त संस्थाहरु हाम्रो निर्देशनबाट चल्या हो । हामीले यहाँबाट नियमन गरिरहेका छौं । संस्थाले केही ग¥यो भने हाहीलाई रिपोर्ट गर्नुस, तर ऋण तिर्दैन भन्नु चाहिँ भ्रामक हो योे नगर्नु भनेर भन्दिनु प¥यो । अब नेपाल सरकारको झन ठूलो जिम्मेवारी हो, कहिँ कतै बैंक वित्तीय संस्थाको पैसा तिरेन भने त धेरै सामाजिक सुरक्षा देखि अरु कुराबाट वञ्चित हुने अवस्था छ । त्यो कुरालाई स्पष्ट पार्दिनु प¥यो ।
त्यसकारण सबैले इमान्दारिता पूर्वक काम गर्ने हो भने त्यो सुधार पनि हुन्छ । र जनताले पनि बुझछन् । अहिलेको समयमा कसैको सानो एजेण्डा केहि बेनिफिट लिन्छु भनेर पनि हुन सक्छ । तर त्यो मात्र हैन लघुवित्त संस्थाप्रतिनै नकारात्मक धारणा आउनुचाहिँ दुर्भाग्य हो । हामी सबै पनि त्यसमा जिम्मेबार छौँ । हामीले सुधार पनि गर्नुपर्छ । नेपाल सरकार अनि अरु निकायहरुले काम गर्नुपर्छ । तपाईंहरु जस्तो संचारकर्मीले पनि त्यो कुरालाई सकारात्मक रुपमा सम्प्रेषण गर्दिनु भयो भने हामी अगाडि बढ्न सक्छौं । किनभने यो एउटा व्यक्तिको मात्र नभएर समग्र देशको अर्थतन्त्रसंग जोडिएको कुरा हो । समग्र देशको शासनसँग जोडिएको कुरा हो । विधिको शासनमा हामी चल्ने कि न चल्ने भन्ने कुरा हो । त्यसकारण त्योसँग नचल्ने हो, यहिरुपमा चल्ने हो भन्ने भए त छुट्टै कुरा हो । नत्र हामी सबैले त्यसमा काम गर्नुपर्छ र संस्था मात्र हैन अरु सबै कुरालाई अगाडि बढाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय