२०८२ फाल्गुन ६ बुधबार

काठमाण्डाै‌ । जीवन बीमक संघ नेपालकाे साधारण सभाले पाेषक राज पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे छ । शुक्रबार सम्पन्न भएकाे साधारणसभाले सिटिजन लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे ।

नवनिर्वाचित कार्य समितिकाे उपाध्यक्षमा नेपाल लाईफका प्रमुख कार्यकारी प्रवीण रमण पराजुली, महासचिव ज्याेती लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री रहेका छन् ।

यसैगरी एशियन लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ काेषाध्यक्ष चुनिएका छन् । जीवन बीमक संघका अनुसार कार्य समिति सदस्यहरूमा क्रमशः एलपि दास(एलआइसी नेपाल), कवि फुयाल(आइएमई लाईफ) र नारायण बाबु लाेहनी‌ (रिलायबल नेपाल लाईफ इन्स्याेरेन्स) रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय