२०८२ श्रावण १ बिहीबार

काठमाडौं । रियल इस्टेट व्यवसायमा झन्डै शत प्रतिशत मूल्य अभिवृद्धि रहने गरेको एक अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको एक अध्ययनले यस व्यवसायमा उच्च मूल्य अभिवृद्धि रहेको देखाएको हो । विभागले सन् २०१८–१९ मा गरेको अध्ययनअनुसार सर्वेक्षण वर्षमा वास्तविक प्रतिष्ठानको वास्तविक बिक्री मूल्य ९ अर्ब ८३ करोड २५ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

जबकि सो उत्पादनका लागि खपत भएको सामग्रीसहितको मूल्य भने ५ अर्ब २७ करोड ८ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसरी घर जग्गा प्रतिष्ठानबाट करिब ४ अर्ब ५६ करोड १६ लाख ५८ हजार रुपैयाँ बराबरको मूल्य अभिवृद्धि भएको देखिन्छ ।

अध्ययनले वागमती प्रदेशमा सबैभन्दा बढी मूल्य थपिएको देखाएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम र ऋणात्मक रहेको देखिन्छ । अर्थतन्त्रमा रियल स्टेट क्षेत्रको भूमिकाका सम्बन्धमा अध्ययन गरी यो प्रतिवेदन तयार गरिएको हो ।

अध्ययनको मुख्य उद्देश्य संगठित घरजग्गा व्यवसायको योगदान निर्धारण गर्नु रहेको विभागका निर्देशक नेविनलाल श्रेष्ठ बताउँछन् । अध्ययनमा यस व्यवसायमा काम गर्ने कर्मचारीहरूको संख्या, तलब र भुक्तानी, बिक्री, इनपुटलगायत बिक्री मूल्यसम्म समावेश गरिएको छ । अध्ययनमा कुल २४१ घर जग्गा प्रतिष्ठानहरू समावेश थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर