२०८२ असार ३१ मंगलवार

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेखर बराल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले बराललाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले खुला प्रतिपष्र्धाबाट सीईओको माग गर्दा सहभागी भएका बराल अन्तिम तीन जनामा सर्टलिष्टिङ भएका थिए । तीन जनामध्ये कम्पनी सञ्चालक समितिले बराललाई सीईओ नियुक्त गरेको हो ।

बरालसँग बैंक वित्तीय संस्थामा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ । उनले सूर्या लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स तथा युनाईटेड इन्स्योरेन्समा काम गरिसकेका छन् ।

कम्पनीले नयाँ सीईओमा बराललाई नियुक्ति गर्ने निर्णय सहित बीमा समितिमा पत्राचार गर्ने र बीमा समितिबाट स्वीकृति प्राप्त भएपछि बरालले कार्यभार सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय