२०८२ चैत्र २९ आईतवार

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरूमा ११ अर्ब ३० करोड रुपैयाँले निक्षेप वृद्धि भएको छ। भदौ १७ मा बैंकहरूको निक्षेप ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो। कर्जा लगानी भने एक अर्ब रुपैयाँले बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। बैंकहरूको कर्जा निक्षेप अनुपात ८८.२५ पुगेको छ। यसअघि १० भदौमा यस्तो अनुपात ८८.४२ थियो।

बैंकहरूमा पुँजी दबाब अझै घटेको देखिदैंन। बैंक तथा वित्तीय संस्थाहरूले अहिले पनि एक आपसमा गर्ने अन्तर बैंक कारोबारको ब्याजदर गत आइतबार ८.५१ प्रतिशत छ। बैंकहरूले राष्ट्र बैंकबाट पाँच दिनको लागि प्राप्त गर्ने स्थायी तरलता सुविधाको ब्याजदर पनि ८.५ प्रतिशत तोकिएको छ।

सोमबार २९ बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट ५० अर्ब ४० करोड रुपैयाँ लिएका छन्। सो अवधिसम्म बैंकहरूले १३ खर्ब ५३ अर्ब रुपैयाँ उठाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर