२०८२ असार ३० सोमबार

वर्ल्ड पपुलेसन रिभ्यु डटकमका अनुसार सन् २०२२ मा बस्नलायक उत्कृष्ट गन्तव्यको सूचीमा नर्वे पहिलो स्थानमा छ । स्वास्थ्य प्रणाली सुदृढ भएकाले यस देशलाई बस्नलायक देशको सूचीमा पहिलो स्थानमा राखिएको हो ।

यहाँ मानिसको औसत आयु ८२ वर्ष छ । यहाँका नागरिकलाई स्वास्थ्य उपचारमा खासै समस्या छैन । समग्र स्वास्थ्यका लागि आवश्यक नियमित चेकजाँचका लागि पनि यहाँ सहज व्यवस्था छ, जसकारण यहाँको जनसंख्या धेरै वर्षसम्म बाँच्छ ।

बस्नलायक देशको सूचीमा आयरल्यान्ड दोस्रो स्थानमा छ । यो विश्वको सुरक्षित देशमध्ये एक पनि हो । यस देशमा आपराधिक गतिविधि निकै कम हुन्छ । स्विट्जरल्यान्ड पनि आयरल्यान्डसँगै संयुक्त रूपमा दोस्रो नम्बरमै छ । यहाँ पनि स्वास्थ्य प्रणाली निकै राम्रो छ । स्विट्जरल्यान्डमा पनि मानिसहरू लामो आयु बाँच्छन् ।

यसका लागि संयुक्त राष्ट्रसंघले पनि स्विट्जरल्यान्डको प्रशंसा गर्ने गरेको छ । बस्नलायक देशको सूचीमा नर्वे पहिलो स्थानमा भए पनि स्विट्जरल्यान्डका मानिसहरूको औसत आयु नर्वेभन्दा एक वर्षले माथि छ । यहाँ मानिसहरू औसत ८३ वर्षसम्म बाँच्छन् । यस सूचीको शीर्ष १० भित्र हङकङ, आइसल्यान्ड, जर्मनी, स्विडेन, अस्ट्रेलिया, नेदरल्यान्ड र डेनमार्क पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय