२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैक र भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदनले देशको आर्थिक सुचकांकहरु खस्कदै गएको देखाएको छ । शोधनान्तर स्थिती, चालु खाता घाटमा रहेको र विदेशी विनिमय संञ्चिती घट्दो क्रममा रहेको र मुल्य बृद्धि धेरै माथी पुगेको अवस्थामा समेत वर्ष २०७८/७९ मा पनि वाणिज्य बैंकहरुको नाफामा सुधार देखिएको छ ।

देशको अर्थतन्त्र खस्कदो अवस्थामा रहेपनि बैक तथा वित्तीय संस्थाको नाफा भने बढेको छ । बैकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय बिवरणले त्यस्तो देखाएको हो । अहिले सम्म डेड दर्जन बैंकहरुले वित्तीय विवरण प्रकाशित गरीसकेका छन ।

दुई बैंक कारबाहीमानेपाल राष्ट्र बैंकले स्टाण्डर्ड चार्टर्ड बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई कारवाही गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासीक अवधिमा स्टाण्डर्ड चार्टर्ड र एनसीसी बैंकले अनिवार्य नगद मौज्जात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) कायम गर्न नसकेपछि केन्द्रीय बैकले कारबाही गरेको हो ।

राष्ट्र बैंकले स्टाण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैया जरिवाना गरेको छ । त्यस्तै एनसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रुपैयाँ जरिवाना निर्धारण गरेको छ । केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन पुरा नगरेमा,सीआरआर र एसएलआर कायम नगरेको तथा विपन्न वर्गको कर्जा सीमाभन्दा कम दिएमा कारवाही गर्ने गर्छ । यो संगै कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी राखेमा समेत कारवाही गर्ने व्यवस्था रहेको छ ।

अघिल्लो आर्थिक बर्ष २०७९ असार मसान्त सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकहरुको नाफा २१.९५ प्रतिशतले बढेर ५३ अर्ब ९६ करोड ४२ लाख ८९ हजार पुगेको छ । कोरोना महामारी कम भएपछि बैकहरुको नाफामा बृद्धि भएको हो ।

चौथो त्रैमासिक वित्तीय विवरण अनुसार एनआईसी एशिया, ग्लोबल आइएमई, सानिमा, एनसीसी, माछापुच्छ्रे, प्रभु, लक्ष्मी, सिटीजन्स, सनराइज,माछापुच्छे, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट बैक, कुमारी, नेपाल एसबिआई, हिमालयन, सिदार्थ, प्राइम कमर्सियल, कृषि विकास बैक, नविल बैक,राष्ट्रिय बाणिज्य बैक लगायतका रहेका छन । चुक्ता पुँजीको आधारमा ग्लोबल आइएमई बैक सबैभन्दा मजबुत देखिएको छ ।

उक्त बैकको चुक्ता पुँजि २३ अर्ब ७९ करोड रुपैयाँ रहेको पनि विवरणमा उल्लेख छ । दोस्रो बैकको रुपमा प्राईम कमर्सियल बैंक रहेको छ । उक्त बैंकको चुक्ता पुँजि १८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । तेस्रो सुचिमा एनएमबि बैंक रहेको छ । सो बैंकको १८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

त्यसोत सबैभन्दा कम चुक्ता पुँजि हुने बैकको सुचिमा स्टान्डर्ड च्याटर्ड बैंक देखिएको छ । उक्त बैकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । कम चुक्ता पुँजी हुने बैकमा एभरेष्ट बैंक रहेको छ । उक्त बैंकको पुँजी ९ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

खुद नाफा

बढि नाफा आर्जन गर्ने बैकमा चुक्ता पुँजीमा अगाडी देखिएको ग्लोबल आईमई बैंक रहेको छ । उक्त बैँकले २०७९ असार मसान्तसम्ममा ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यसपछिको सुचिमा एनआइसी एशिया बैंक रहेको छ । उक्त बैंकले असार मसान्त सम्मको त्रैमासिक अवस्थामा ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

उक्त अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड ६३ लाख, एनएमबि बैंकले ३ अर्ब ७० करोड, प्राइम कमर्सियलले ३ अर्ब ६८ करोड, सिद्धार्थ बैकले ३ अर्ब २१ करोड, कुमारी बैंकले २ अर्ब ८३ करोड, प्रभु बैंकले २ अर्ब ६० करोड, एभरेष्ट बैंकले २ अर्ब ५४ करोड, हिमालयन बैकले २ अर्ब ४८ करोड, कृषि विकास बैकले २ अर्ब ३६ करोड, सानिमा बैकले २ अर्ब २९ करोड, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब २६ करोड, सिटिजन बैंक इन्टरनेशनलले २ अर्ब २५ करोड, माछापुच्छ्रे बैंकले २ अर्ब १६ करोड, सनराइज बैंकले २ अर्ब १६ करोड, एनसीसी बैंकले २ अर्ब २ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ६३ करोड र लक्ष्मी बैंकले १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणले देखाएको छ ।

त्यसमध्ये सबैभन्दा बढी वितरणयोग्य नाफा आर्जन गर्ने बैकमा कृषि विकास बैंक रहेको छ । उक्त बैंकको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफाको रुपमा देखाएको छ । सोही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने छ । उक्त बैंकको वितरणयोग्य नाफा करिव ४ अर्ब रुपैयाँ रहेको छ । असार मसान्तसम्मको वित्तीय विवरणले ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ बितरण गर्न मिल्ने देखाएको छ ।

बढि वितरणयोग्य नाफा दिने बैकको सुचिमा एभरेष्ट बैंक रहेको छ । उक्त बैकको वितरणयोग्य नाफाको अंश ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । बैंकले विभिन्न सुुचकांकमा सुधार गरेको देखाएको छ । जस्को कारण वितरणयोग्य नाफा ४ अर्ब रुपैया छुट्याइएको छ ।

यसपछि बितरण योग्य नाफा दिने बैककको सुचिमा ग्लोबल आइएमई बैंकको ३ अर्ब १९ करोड, हिमालयन बैंकको २ अर्ब ६६ करोड, एनएमबिको २ अर्ब ३९ करोड, प्राइम बैंकको २ अर्ब ३४ करोड, एनआइसी एशिया बैंकको २ अर्ब ३४ करोड, सिद्धार्थ बैंकको २ अर्ब २४ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको २ अर्ब ३ करोड, कुमारी बैंकको १ अर्ब ७७ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ५९ करोड, एनसीसी बैकको १ अर्ब ४७ करोड, सानिमा बैंकको १ अर्ब ४६ करोड, नेपाल एसबिआइ बैंकको १ अर्ब ४४ करोड, सिटिजन बैंकको १ अर्ब ४२ करोड, प्रभु बैंकको १ अर्ब ४१ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब ३२ करोड, लक्ष्मी बैंकको १ अर्ब २५ करोड र सनराइज बैंकको भने सबैभन्दा न्युन २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

लाभांश अवस्था

सबैभन्दा बढी लाभांश दिने क्षमता भएको बैंकमा एभरेष्ट रहेको छ । कम्पनीको वितरणयोग्य नाफालाई कम्पनीको शेयर संख्याले भाग गरी लाभांश क्षमता निर्धारण गरिन्छ ।

एभरेष्टको लाभांश क्षमता ४१ दशमलव १५ प्रतिशत रहेको छ ।त्यसपछिका बैकहरुमा कृषि विकास बैंकको लाभांस क्षमता २९.६३ प्रतिशत, हिमालयनको २० दशमलव ५२ प्रतिशत, एनआइसी एशियाको १९.४३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको १६ दशमलव ९० प्रतिशत, सिद्धार्थ बैंकको १६.८२ प्रतिशत, नेपाल एसबिआइ बैंकको १४.७४ प्रतिशत, ग्लोबल आइएमईको १३.४५ प्रतिशत, एनसीसी बैंकको १३.२३ प्रतिशत, एनएमबि बैंकको १३.०३ प्रतिशत, सानिमाको १२.९८, माछापुच्छ्रेको १२.९५, प्राइम कमर्सियल बैकको १२.५८, कुमारी बैंकको १२.०६, नेपाल इन्भेष्टमेन्टको ११.४३, प्रभुको ११.१२, लक्ष्मीको १०.८७, सिटिजनको १०.०३ र सनराइज बैंकको भने २ दशमलव ५३ प्रतिशत मात्रै लाभांश दिने अवस्था वित्तीय विवरणले देखाएको ।

सरकारी स्वामित्वको रुपमा रहेका राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा यो ३७.३८ प्रतिशत बढि हो । अघिल्लो वर्ष उक्त बैकको नाफा ३ अर्ब ७९ करोड रुपैया रहेको थियो ।बैंकले गत आर्थिक वर्षमा ब्याज आम्दानीबाट ९ अर्ब ६६ करोड रुपैया आर्जन गरकेो छ ।

अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी १७.२९ प्रतिशतले बढेको छ । बैंकको सञ्चालन नाफा ११ अर्ब २७ करोड छ । अघिल्लो वर्ष ९ अर्ब ८४ करोड थियो । पूर्ण सरकारी लगानीको उक्त बैंककोे चुक्ता पुँजी १४ अर्ब ९४ करोड छ । बैंकले सेयरधनीलाई बाँड्न मिल्ने नाफा ३ अर्ब ३ करोड देखिन्छ । बैंकको प्रति सेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा झरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ८५.८९ प्रतिशत छ । बैंकको बेसरेट ७.६३ प्रतिशत रहेको पनि वित्तीय विवरणले देखाएको छ ।

मजबुत बैकको रुपमा रहेको नबिलले गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेका वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ४ अर्ब ५२ करोड रुपैयाँ थियो । बैंकले एनबी बैंकलाई गाभेर असार २७ मा एकीकृत कारोबार गरेको हो । २६ असार सम्म बैंकले कमाएको नाफा बैंकको रिजर्बमा गएको छ ।

सेयर स्वाप अनुपात र एनबीले कमाएको पैसा रिजर्बमा गएको हुँदा बैंकको रिजर्ब बढेको छ । असार मसान्तसम्म बैंकको रिजर्बमा २६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

एनबीलाई गाभेपछि नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड पुगेको छ । नबिल बैंकले गत आर्थिक वर्षको नाफा तथा स्वाप रेसियोबाट आउने रकमले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ९ अर्ब १२ करोड रहेको जनाएको छ ।

नबिलले आफ्नो नाफाबाट सेयरधनीलाई ३ अर्ब ३७ करोड बाँड्न मिल्ने तथा एनबीलाई मर्ज गर्दा आएको व्यवसायिक लाभबाट ५ अर्ब ७४ करोड गरेर ९ अर्ब १२ करोड बराबरको रकम सेयरधनीलाई वितरण गर्न मिल्ने जनाएको छ ।

बैंकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिन सक्ने स्थिती देखिएको छ । एनबी बैंकलाई गाभेको कारण नबिल बैंकको निक्षेपको आकार ३ खर्ब २६ खर्ब पुगेको छ । यो वाणिज्य बैंकहरुमा सबैभन्दा बढी हो ।

त्यस्तै कर्जा ३ खर्ब १ अर्ब पुगेको छ । एनबीलाई गाभेपछि नबिल अहिले निक्षेप,कर्जा तथा पुँजीको आधारमा सबैभन्दा ठूलो बैंक हुन पुगेको छ । असार मसान्तसम्म बैंकको पुँजीकोष अनुपात १३.४४ प्रतिशत छ । अघिल्लो वर्ष १२.७७ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा बैंकको खराब कर्जा बढेको छ ।

असार मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात ८९.७९ प्रतिशत रहेको छ । बैंकको बेसरेट अघिल्लो वर्षको ५.८६ प्रतिशतबाट यो वर्ष असार मसान्तमा ८.८७ प्रतिशत पुगेको छ । बैंकले अघिल्लो वर्ष ३.७९ प्रतिशत स्प्रेडदरमा काम गरेको थियो ।

एकीकृत निर्देशिकाले व्याजदर बढाउने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि जारी गरेको एकीकृत निर्देशिकाले बैंक तथा वित्तीय संस्थामा तरलता समस्या सिर्जना गरी व्याजर बढाउने देखिएको छ । मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जाको लक्ष्य १२.५ प्रतिशतमा सीमित गरेको छ । जसका कारण बैंकहरुले सहज रुपमा कर्जा प्रवाह गर्न सक्ने अवस्था कम देखिएको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा ३३ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्दा अनुत्पादक क्षेत्रमा गएकोले त्यसलाई रोक्न भन्दै राष्ट्र बैंकले कर्जा प्रवाहको लक्ष्य खुम्चाएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अनिवार्य नगद अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) बढाउँदा बैंक तथा वित्तीय संस्थाको करिब ५० अर्ब रुपैयाँ ब्याज नआउने गरी नेपाल राष्ट्र बैंकको खातामा बस्ने भएको छ ।

राष्ट्र बैंकले निर्देशीका मार्फत असार मसान्तसम्म बुझाउनुपर्ने ५ करोड रुपैयाँसम्मको ऋणीहरुको भाका तीन महिना थपेर २०७९ असोज मसान्तसम्म पु¥याएको छ । यो सीमामा रहेका ग्राहकलाई राहत र बैकिङको नाफामा नकारात्मक असर पर्ने र ग्राहकले अब रकम आश्विनमा मात्र तिर्छु भन्ने हुँदा बक्यौता ब्याज बढेर जान सक्ने समस्या एकीकृत निर्देशिकाले गरेको छ ।

यो संगै बैंक तथा वित्तीय संस्थाले मुद्दती खातामा व्यक्तिलाई दिनेभन्दा २ प्रतिशत बिन्दु कम दरमा संस्थाहरुलाई ब्याज दिन पाउने भएका छन् । बोलकबोल मार्फत लिइने निक्षेपमा समेत यो व्यवस्था लागु हुने भएको छ । यसअघि बैंकहरुले व्यक्तिगतभन्दा संस्थाहरुको मुद्दती खातामा १ प्रतिशत बिन्दु कम ब्याज दिए पुग्ने व्यवस्था थियो ।

हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती खातामा अधिकतम ११.०३ प्रतिशत तथा संस्थागत मुद्दतीमा १०.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । यो व्यवस्थाले बैंकहरुलाई तत्काल व्यक्तिगत मुद्दतीमा १ प्रतिशत बिन्दु ब्याजदर बढाउनुपर्ने वा अब खोलिने संस्थागत मुद्दतीमा १ प्रतिशत बिन्दु ब्याजदर घटाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर