२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अक्सन मार्केट सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष हमालले यस्तो घोषणा गरेका हुन्। धितोपत्र कारोबार राफसाफलाई व्यवस्थित बनाउन अक्सन मार्केट सञ्चालनमा ल्याइने हमालले बताए।

समयमै धितोपत्र राफसाफ नहुँदा कतिपय लगानीकर्ताहरुले क्लोजआउटबापत भारी जरिवाना तिर्दै आएका छन्। अक्सन मार्केट सञ्चालनमा आएमा यस्तो जरिवाना तिर्नबाट लगानीकर्ताहरु जोगिने बताइएको छ।

अध्यक्ष हमालले क्षतिपूर्ति कोष खडा गरिने पनि घोषणा गरेका छन्। जोखिम व्यवस्थापनअन्तर्गत यस्तो कोष खडा गरिने उनले बताए। हमालले ब्रोकरहरुको सुपरिवेक्षण बढाइने पनि बताएका छन्। उनले सेबोनका लागि आवश्यक जग्गा प्राप्ति गर्न प्रक्रिया अगाडि बढाइने पनि जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर