२०८१ मंसिर २२ शनिबार

काठमाडौं । नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । धेरै जसाे लगानीकर्ताहरू आईपीओकाे माध्यमबाट सेयर बजारमा प्रवेश गर्दछन् । सरकार तथा कम्पनीहरुले आफूलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार नै सेयर हो । आईपीओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदारणहरु हुन् ।

सेयरलाई धितोपत्र पनि भन्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो । आईपीओ भर्न लगानीकर्ताहरूलाई आवश्यक पर्ने मुख्य कुरा नै डिम्याट खाता हो ।

नेपालमा डिम्याट खाता खाेल्ने व्यक्तिहरूकाे कुरा गर्नुपर्दा हालसम्म नेपालमा डिम्याट खाता खाेल्नेकाे संख्या ५३ लाख ९ सय ३१ पुगेकाे छ । जसमध्ये, ४४ लाख १ हजार ५७ जना मेराे सेयरमा आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय