
काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ सुरु भएदेखि नै वित्तीय प्रणालीमा तरलताको अभाव नै थियो । तर, तरलता संकटकै समयमा घरजग्गा कर्जा भने बढेको छ । आर्थिक वर्ष २०७८/७९ को ११ महिनाामा बैंकहरुले घर जग्गामा ८१ अर्ब १० करोड कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार २०७८ असार मसान्तको २०७९ जेठ मासन्तमा १६.८ प्रतिशतले घरजग्गा क्षेत्रमा कर्जा लगानी बढेको छ ।
२०७८ साउनदेखि २०७९ जेठसम्म घरजग्गामा गएको लगानीमध्ये ४० अर्ब ९३ करोड व्यक्तिगत आवासीय कर्जा र ४० अर्ब १७ करोड रियलस्टेट कर्जा छ । १ करोड ५० लाख सम्मको घर कर्जालाई व्यक्तिगत आवासीय घर कर्जामा गणना हुने व्यवस्था गरेको छ ।
यो सँगै हालसम्म वित्तीय संस्थाहरुको घर जग्गामा गरेको कर्जा लगानी ५ खर्ब ६२ अर्ब ९७ करोड पुगेको छ । यो मध्ये व्यक्तिगत आवासीय घर कर्जा ३ खर्ब ३९ अर्ब १९ करोड र रियलस्टेट कर्जा २ खर्ब २३ अर्ब ७८ करोड छ ।