२०८१ चैत्र १३ बुधबार

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्ज हुने भएका छन् । दुवै कम्पनीले एक कार्यक्रमबीच प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ । कम्पनीको अध्यक्षमा प्रभु लाइफका सुभाव अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफका रमेशकुमार भट्टराई रहनुहुनेछ ।

मर्जका क्रममा स्वाप रेसियो १ः१ हुने बताइएको छ । हाल प्रभु लाइफको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको दुई अर्ब १० करोड रुपैयाँ रहेको छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी चार अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय