काठमाडौं । नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघमा नयाँ नेतृत्व चयन भएको थियो । सहकारी अभियन्ता टेकप्रसाद चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । चौलागाई राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत हुनुहुन्छ ।
चौलागाईंको अध्यक्षतामा नवनिर्वाचित समितिमा निवर्तमान अध्यक्ष दीपकराज पौडेल, उपाध्यक्ष शिवगोपाल थापा, सचिव अर्चना अमात्य, कोषाध्यक्ष रामचन्द्र अर्याल निर्वाचित हुनुभएको थियो भने सदस्यहरुमा चन्द्रा पराजुली, नारायण रिमाल, गोविन्द रिमाल, चेतनारायण यादव, दीपक घिमिरे, चन्द्र ठकुरी र रेखा अर्याल निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा लक्ष्मण महर्जन, सदस्य कमल कँडेल र सूर्यप्रसाद शर्मा चौलागाईं निर्वाचित हुनुभएको थियो भने नवनिर्वाचित समितिले सम्पन्न १९औं साधारणसभाबाटै पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।