२०८२ श्रावण २ शुक्रबार

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगंजमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्नसक्ने संस्थाले जनाएको छ ।

सो अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहजरुपमा प्राप्त गर्नसक्ने जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर