२०८१ माघ २५ शुक्रबार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २१औं वर्षमा प्रवेश गरेको छ। २१औं वर्ष प्रवेशको अवसरमा कम्पनीले प्रेस विज्ञप्ति जारी गरी देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको जनाएको छ। अहिलेको विषम परिस्थितिको सामना गर्न अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक, खाद्यान्य लगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैप्रति नेपाल लाइफले उच्च सम्मान प्रकट गरेको छ। नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले अहिलेसम्मको साथ र सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन्। साथै, यस महामारीमा पनि सरल रूपमा जीवन बिमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता गरेका छन्।
नेपाल लाइफलाई समयसापेक्ष प्रविधिमैत्री बनाइँदै लगिने जनाएको छ। अहिले नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरू ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ। नेपाल लाइफको सर्वाधिक लगानी रू.१ खर्ब ११ अर्ब ४७ करोड र सर्वाधिक जीवन बिमाकोष रू.१ खर्ब १ अर्ब २८ करोड रहेको जनाएको छ। त्यस्तै, शेयरधनी कोष रू.८ अर्ब ८५ करोडभन्दा बढी, चुक्ता पूँजी रू. ७ अर्ब १९ करोडभन्दा बढी रहेको कम्पनीले जनाएको छ।
अहिलेसम्म आंशिक अवधि भुक्तानी रू.११ अर्ब ९८ करोड, पूर्ण अवधि भुक्तानी रू.९ अर्ब ७७ करोड तथा मृत्युदाबी रू.३ अर्ब ७३ करोडभन्दा बढी भुक्तानी गरिसकेको छ। कम्पनीमा एक लाख ७६ हजार ४३ प्रशिक्षित अभिकर्ता छन्। देशभर दुई सय शाखा तथा उपशाखाहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको कम्पनीमा वैदेशिक रोजगारीका समेत गरी २८ लाख ८२ हजार तीन सय ४२ व्यक्ति बीमित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय