२०८१ मंसिर २२ शनिबार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज मार्केट) का लागि राय संकलन गर्ने भएको छ। बोर्डले सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारका साथै बोर्डको नीति तथा कार्यक्रमको मस्यौदाका लागि राय लिने कार्य अघि सारेको हो।

यसअघि नेपालमा अनुमतिबिना नै वस्तु विनिमय गर्ने कम्पनीहरु संचालनमा भएर काम गरेपछि त्यसमा सरकारले रोक लगाएको थियो। त्यसयता कानुनको अभावमा वस्तु विनिमय कम्पनीहरु संचालन हुन सकेका थिएनन्।

धितोपत्र बोर्डले २०७४ सालमा वस्तु विनिमयसम्बन्धी ऐन तथा नियमावली तयार पारेको थियो। यद्यपि हालसम्म कुनै पनि कम्पनीले यसका लागि अनुमति पाएका छैनन्। बोर्डले अहिले भने वस्तु विनिमय बजार संचालनको आवश्यकता महशुस गरेर यसका लागि राय सुझाव लिन थाल्ने भएको हो।

बोर्डको ३०औं वार्षिक साधारणसभामा वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने तथा बजारमा क्षेत्रगत विविधता कायम गर्ने प्रतिबद्धता बोर्ड अध्यक्ष रमेश हमालले व्यक्त गरेका थिए।

बजार विकास, विस्तार तथा सुधारका लागि रचनात्मक राय तथा सल्लाह सुझाव यही असार २० सम्ममा बोर्डको इमेलमा पठाउन सकिने सूचनामा जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय