२०८१ मंसिर २३ आईतवार

काठमाडौं । एक महिनाको अवधिमा चलनचल्तीमा रहेको साढे २६ अर्ब रुपैयाँ बराबरको नोट घटेको छ। नेपाल राष्ट्र बैंकले महिना दिनमै २६ अर्ब ६२ करोड रुपैयाँबराबर नोट घटेको तथ्यांक सार्वजनिक गरेको हो। वैशाख अन्त्यसम्म ६ खर्ब ३५ अर्ब रुपैयाँबराबरका नोट चलनचल्तीमा थिए। जुन जेठ मसान्त सम्म आइपुग्दा ६ खर्ब ९ अर्ब रुपैयाँमा सीमित भएको छ।

एक महिनाको अन्तरालमा मै ४ प्रतिशतभन्दा धेरैले चल्तीका नोट घटेका हुन्। सरकारको खाता रहेको निक्षेप बढ्दा प्रणालीमा रहेका नोट घट्ने गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री बताउँछन्।

‘चलनचल्तीमा रहेको नोट र सरकारी निक्षेपबीच अन्तरसम्बन्ध भएको पाइन्छ,’ क्षेत्रीले भने, ‘नेपाल सरकारको खाता जति बढ्दै जान्छ चलनचल्तीमा रहेका नोट त्यति घट्दै जान्छन्।’ जेठमा सरकारको खातामा भएको निक्षेप ३६ अर्ब बढेको छ। त्यस्तै, चलनचल्तीको नोट भने २६ अर्बले घट्यो।

२०७८ साल असोजमा आउँदा चलनचल्तीका नोट सर्वाधिक बढेको थियो। भदौ अन्त्यसम्म ६ खर्ब ४५ अर्ब रुपैयाँमा सीमित चल्तीका नोट असोज मसान्तसम्म आइपुग्दा ७ खर्ब १३ अर्ब रुपैयाँ पुग्यो। मुख्यतय: सरकारको खाताबाट निक्षेप बहिरिँदा सीमित चल्ती नोटले फराकिलो वृद्धि लियो।

सो समय साढे ६८ अर्ब रुपैयाँ बराबरको निक्षेप सरकारको खाताबाट बाहिरिएको देखिन्छ। त्यस्तै, लगत्तैको महिना कात्तिकमा भने सरकारको खातामा ३२ अर्ब रुपैयाँ भित्रियो। सोहि महिना चलन चल्तीमा रहेका नोट २६ अर्ब रुपैयाँले घटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय