काठमाडौ । सनराइज बैंक लिमिटेडले झापाको अर्जुनधारा नगरपालिका वडा नं.–१, शान्तिचोक, सिस्नेमा शाखारहित बैंकिग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८७ पुगेको छ ।
बैंकले अर्जुनधारा नगरपालिका वडा नं.–१, शान्तिचोक, सिस्ने झापामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा श्री गणेश प्रसाद गौतमलाई नियुक्त गरेको छ ।
बैकले आयोजना गरेको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गजाधर खतिवडा तथा स्थानिय राजनितिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, व्यापारी समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व बैकका बुधबारे शाखाकी शाखा प्रबन्धक गीता खतिवडाले गरेकी हुन । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।















