काठमाडौं । सनराइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युटबीच वित्तीय साक्षरताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणा र नेशनल बैंकिङ्ग इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरे ।
सो सहमतिपत्र अन्तर्गत विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंकका गतिविधिहरूको एक हिस्साको रूपमा र वित्तमा पहुँच सम्बन्धी चेतना जगाउने उद्देश्यले देशव्यापी वित्तिय साक्षरता कार्यक्रमहरू गर्नका लागि सो सहमति गरेको हो ।
बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुँच पुर्याउने, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनाउन, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउने भन्ने उद्देश्य साथ वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणाले बताइन् ।















