काठमाडौँ । नबिल बैङ्कले सामाजिक उद्यमशीलताको विकासका लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ ।
बैङ्कले शुक्रवार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिविको व्यवस्थापन सङ्काय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सुरुवात गरेको जनाएको छ ।
बैङ्कले सुरु गरेको सामाजिक उद्यमशीलता कार्यक्रमले समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्य लिएका जनाएको छ ।
सामाजिक उद्यमशीलता कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैङ्कको सहयोग हुने नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिनुभयो ।















