२०८३ बैशाख १ मंगलवार

काठमाडौं । नेपालमा सरकारका विभिन्न निकाय, केन्द्रीय बैंक र नियामकहरूले वित्तीय कारोबारमा डिजिटल मुद्राको प्रयोग गर्न सकिने वा नसकिनेबारे अध्ययन गरीरहेका छन् । यस्तो अध्ययन सुरु भएको करिव ४ बर्ष वितिसकेको छ । यो बीचमा विश्वका कैयौं देशहरुले डिजिटल मुद्रालाई प्रयोगमा ल्याइसकेका छन् ।

नेपालले यसबारेमा आफू तयार भएर सीबीडीसी कार्यान्वयनका लागि एउटा निश्चित फ्रेमवर्क तयार पारेर जानुपर्ने हुन्छ । ताकि मुद्रा कारोबारको प्रविधि, ढाँचा र बजारका अभ्यासमा एकरूपता कायम गर्न सकियोस् र त्यसलाई समयानुकूल परिवर्तनसमेत गर्दै लैजान सकियोस् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सय हाराहारी देश विद्युतीय मुद्रा निर्माणको विभिन्न चरणमा रहेको विवरण सार्वजनिक भएको छ । क्यारेबियन टापु बहामस भर्चुअल करेन्सी प्रयोगमा ल्याउने विश्वको पहिलो मुलुक हो ।

उसले २०२० अक्टोबरमा ‘बहामियन सान्ड डलर’ नामको डिजिटल मुद्रा कारोबारमा ल्याएको थियो । त्यसयता नाइजेरियाले पनि २०२१ अक्टोबरमा ‘इनाइरा’ नामको विद्युतीय मुद्रा सार्वजनिक गरिसकेको छ ।

आईएमएफका अनुसार सन् २०१८ को जुलाईसम्ममा एउटा मात्रै मुलुकले डिजिटल मुद्राको कारोबार परीक्षण गरिरहेको थियो भने १८ मुलुक त्यसबारे अध्ययन गरिरहेका थिए । यस्तै भारतले २०२२ को डिसेम्बर १ देखि नै रिटेल डिजिटल रुपैयाँ (ई–रुपी) सुरुवात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर