२०८२ फाल्गुन २८ बिहीबार

काठमाडाैं । बैंकमा लगातार लगानीयोग्य रकम बढ्दै गएको तर ऋणको माग बढ्न नसेकको अवस्थामा पछिल्लो महिना केही सुधार देखिएको हो। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा मात्रै ३७ अर्ब रूपैयाँ यस्तो कर्जा गएको छ।

जबकि साउन, भदौ, असोज र कात्तिक महिनामा गरी जम्मा ६५ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको थियो। चालु आर्थिक वर्षको पहिलो महिना ३ अर्ब अर्थात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.१ प्रतिशतले ऋण प्रवाह घटेको थियो।

भदौसम्म ४९ अर्ब रूपैयाँले बढेको थियो। अर्थात अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशले सुधार भएको थियो। असोज महिनासम्म आइपुग्दा ऋण प्रवाह बढेर ८२ अर्ब ९३ करोड पुगेको थियो।

कात्तिक महिनामा भने असोजको तुलनामा घटेर ६५ अर्बमा सीमित भएको थियो। मंसिर महिनामा ३७ अर्ब रूपैयाँले बढेर पाँच महिनाको अवधिमा एक खर्ब २ अर्ब नाघेको छ।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा निर्माण क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, उपभोग्य क्षेत्र ५.१, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्र ३.५, औद्योगिक उत्पादन क्षेत्र २.५ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशत बढेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार निर्माण क्षेत्रले समान्य गति लिँदा निजी क्षेत्रमा प्रवाह हुने कर्जा सुधार भएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर