२०८३ बैशाख ११ शुक्रबार

काठमाडौँ – एक वर्षमा विभिन्न सिलसिलामा १६ लाख भन्दा बढी नेपाली विदेशिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १६ लाख ३ हजार ८ सय ३६ नेपाली विदेश गएका हुन् ।

जसमध्ये सबैभन्दा बढी २ लाख ७१ हजार ८८ जना संयुक्त अरब एमिरेट्स (यूएई) गएका छन् । यसैगरी भारत जानेको संख्या १ लाख ८० हजार ६ सय २ छ भने १ लाख ७९ हजार ४४१ जना कतार पुगेका छन् । यस्तै, मलेसिया १ लाख ६५ हजार २०१, साउदी अरेबिया १ लाख ३६ हजार २०३ तथा अष्ट्रेलिया १ लाख ५ हजार ३४३ रहेका छन् ।

विभागका अनुसार सन् २०२३ मा स्थायी बसोबास गर्ने उद्देश्यले ७० हजार ९१५ नेपाली विदेश गएका छन् । जसमा पुरुष ३६ हजार ६ सय ६३ र महिला ३४ हजार २५१ छन् । विभागको तथ्याङ्कअनुसार युद्धग्रस्त देश रुस जाने नेपालीको संख्या १ हजार ७९५ रहेको छ भने ९५ जना युक्रेन पुगेका छन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जानेहरूको मात्र हो ।

अहिले विशेष गरेर रुस–युक्रेन युद्धका कारण ती देशहरू बढी जोखिमयुक्त गन्तव्य मानिएको छ । रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा भर्ना भएका १० नेपाली मारिएका छन् भने युक्रेनले ४ नेपालीलाई बन्धक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर