काठमाडाैं । भुक्तानी प्रणालीबाट चालु आर्थिक वर्षको बैशाख महिनामा ३८ खर्ब ८३ अर्बको कारोबार भएको छ । जवकी गत वर्षको बैशाख महिनामा यहि प्रणालीबाट ५३ खर्ब १८ अर्ब रुपैयाँको कारोबार भएको छ ।
चालु आर्थिक वर्षको बैशाख महिनामा गत वर्षको बैशाख महिनाको तुलनामा कारोबार रकम २७ प्रतिशतले घटेको छ । जवकी यहि अवधिमा कारोबार संख्या भने ३६ प्रतिशतले बढेको छ । ग्राहकहरुले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ तथा एटिएम मार्फत साना साना कारोबार गर्दा संख्यामा व्यापक वृद्धि भएको छ । तर रकममा भने संख्या अनुसार सुधार हुन सकेको छैन ।
त्यस्तै कारोबार संख्या भने ३६.५२ प्रतिशतले बढेर ८ करोड ५५ लाख वटा कारोबार भएको छ । गत वर्षको यहि अवधिमा ६ करोड २६ लाख वटा कारोबार भएको छ । बैशाख महिनामा आरटिजिएस प्रणालीबाट २४ खर्ब २९ अर्ब रुपैयाँको कारोबार भएको छ । गत वर्षको बैशाख महिनामा ३९ खर्ब ९७ अर्ब रुपैयाँको कारोबार भएको छ ।
यस बैशाखमा क्युआर प्रणाली र मोबाइल बैंकिङमा भने सर्वाधिक सुधार भएको छ । क्युआर प्रणालीबाट १५५ प्रतिशतले बढेर २६ अर्ब ५ करोडको कारोबार भएको छ । त्यस्तै मोबाइल बैंकिङ मार्फत ८४ प्रतिशतले बढेर २ खर्ब १० अर्बको कारोबार भएको छ । कारोबार संख्या पनि यहि दुई शिर्षकमार्फत बढेको छ ।















