२०८३ बैशाख १२ शनिबार

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बैकहरूले आर्जन गरेको नाफा शंकास्पद देखिएको भन्दै प्रश्न उठाएको छ।महालेखाले आफ्नो ६०औं वार्षिक प्रतिवेदनमा ब्याज आम्दानी र ब्याज खर्च फरक देखिएको भन्दै प्रश्न उठाएको हो।

‘२ वर्षको तथ्यांक विश्लेषण गर्दा बैंक तथा वित्तीय संस्थाहरूको ब्याज आय ब्याज खर्चभन्दा सन् २०२०/०२१ मा १ खर्ब ७५ अर्ब ६५ करोड ६० लाख र सन् २०२१/०२२ मा २ खर्ब ८ अर्ब ८२ करोड १० लाख बढी देखिएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘पुँजी तथा कोषको रकमसमेत लगानी हुँदा ब्याज आय रकम केही बढी हुनु स्वाभाविक भए पनि माथिको तथ्यांकबाट ब्याज आय र खर्चको अन्तर उल्लेख्य देखिएकोले नेपाल राष्ट्र बैंकले ब्याज आय तथा खर्चमा हुने फरक (स्प्रेडदर)को प्रभावकारी अनुगमन गरी तोकिएको सीमामा राख्नुपर्दछ।’

साथै, अनौपचारिक अर्थतन्त्रको हिस्सा बढ्दै गएकोले व्यक्तिगत रूपमा गरिने वित्तीय कारोबार पहिचान गरी कानुनको दायरामा ल्याउनुपर्ने महालेखाको टिप्पणी छ।

बैंक तथा वित्तीय संस्थाको नियमन नेपालमा बैंक तथा वित्तीय क्षेत्रको नियामक निकायको रूपमा नेपाल राष्ट्र बैंक क्रियाशील रहेको भन्दै महालेखाले मौद्रिक नीति, २०७९ को समीक्षा अनुसार बैंकहरूको निक्षेपमा औसत ब्याजदर र कर्जाको दर २०७७ असार मसान्तमा क्रमशः ६.०१ र १०.११ प्रतिशत रहेकोमा २०७८ असारमा ८.४३ र ११.६२ प्रतिशत रहेको उल्लेख गरेको छ। उक्त अनुपात २०७९ असारमा क्रमशः ७.३४ प्रतिशत र ब्याजदर ११.५४ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर