२०८३ बैशाख १२ शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्। आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रचण्डले वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्तिबारे सरकार गम्भीर भएको बताएका हुन्।

‘बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ। लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन्। व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन्। यही मौकामा अराजकतत्वले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेका छन्,’ उनले भने।

प्रचण्डले अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको बताए। उनले सरकार अर्थतन्त्रको समस्या समाधानमा तल्लिन रहेको पनि बताए। उनले थपे- ‘आजको छलफल बैंक तथा वित्तिय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानमा केन्द्रित छ। सरकार अर्थतन्त्रका चुनौती समाधान गर्न तल्लीन छ।’

प्रचण्डले समस्या समाधानका लागि उच्चस्तरीय आयोग बनाउन सकिने पनि बताए। ‘परिआए समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउनुपर्ने पनि हुन सक्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर