२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं। निजी क्षेत्रको मागप्रति सरकार सकारात्मक भएलगत्तै सेयर बजारको कन्फिडेन्समा झन् झन् सुधार देखिन थालिएको छ। नयाँ सरकार मौद्रिक र पुँजी बजार सुधारमा सकारात्मक भएका कारण लगानीकर्तामा उत्साह फैलिएको छ।

प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पौडेलसँग भेटेका व्यवसायिक संस्थाका पदाधिकारीको कन्फिडेन्स पनि उत्तिकै बढेको छ। जसको प्रभाव सेयर बजारमा देखिएको हो। बिहीबार ५६ अंकको वृद्धि देखिएको छ।

कन्फिडेन्स बढेपछि लगानीकर्ता पनि बजारमा खुलेर कारोबार गर्दैछन्। बिहीबार २ अर्ब ८६ करोड रुपैयाको सेयर कारोबार भयो। साताको पहिलो कारोबारबाटै फराकिलो फड्को मार्न सुरु गरेको सेयर बजार बिहीबारसम्म १६२ अंकभन्दा बढि उक्लिसकेको छ। चार महिना पछि परिसूचक दुई हजार माथि पुगेको हो।

परिसूचक २०२६ को विन्दुमा कायम छ। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा बिष्णु पौडेल अर्थमन्त्री हुन्छन् भन्ने चर्चाका बीच सोमबारबाटै बजार बढ्न थालेको थियो।

मंगलबार बिहानबाटै प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पौडेलले निजी क्षेत्रका प्रतिनिधिहरुलाई भेटेर समस्या समाधान गर्ने आश्वासन दिएका थिए। यसपछि सेयर बजारको वृद्धि तिव्र छ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई अहिलेको समस्या अवगत गराउँदै समाधानका उपाय पनि सुझाएका छन्।

जस प्रति अर्थमन्त्री गम्भिर देखिएका हुन् भने समाधानको आश्वाशन पनि दिएका छन्। जुन अघिल्लो सरकार र अर्थमन्त्रीबाट उनीहरुले पाउन सकेका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर