काठमाडौं । सरकारले कर दिवसका अवसरमा सर्वाधिक कर तिर्ने उद्यमी तथा व्यवसायीहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई बिभिन्न १४ वटा बिधामा सरकारले सम्मान गरेको हो । सूर्य नेपाल सबैभन्दा धेरै कर तिर्ने करदाता बनेको छ भने बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने बैंकमा नबिल बैंक परेको छ ।
विभागले जावलाखेल डिस्टिलरीका अध्यक्ष समेत रहेका शाहलाई बुधबार सम्मान पनि गरेको छ । जावलाखेल डिस्टिलरीसँगै शाहले हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी सञ्चालन गरिरहेका छन् । उनी २०७७ सालमा पनि व्यक्तिगततर्फ धेरै कर तिरेर सम्मानित भएका थिए ।
यस्तै, नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ भने शिवशक्ति घ्युबाट निर्यात कारोबारबाट धेरै कर तिर्ने कम्पनी बनेको छ । राजेश मेटल प्रालि विशेष उद्योग शीर्षकको आयकरदाताका रुपमा सम्मानित भएको छ । ओसीबी फुड्स प्रालि कृषि एवम् पशुपन्छी आयकरदाता बनेको छ भने नबिल बैंक वित्तीय संस्थातर्फको ठूलो आयकर दाता बनेको छ भने छिमेक लघुवित्त सहकारी तथा लघुवित्त आयकरदाता बनेको छ ।
बीमा व्यवसायबाट धेरै आयकर दाखिला गर्नेमा नेपाल पुनर्बीमा कम्पनी छ भने स्वास्थ्य तथा शिक्षातर्फ धेरै आयकर तिर्नेमा नोबेल मेडिकल कलेज सम्मानित भएको छ । पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारमा हंसराज हुलाशचन्द प्रालि र चिलिमे हाइड्रोपावरले उर्जामूलक उद्योगको ठूलो आयकरदाता बनेको छ । मद्यमस्तरीय करदातामा सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र रेमिटेन्स कम्पनीमा आईएमई लिमिटेड बनेको छ ।
यी हुन् सम्मान पाउने व्यवसायी र कम्पनीहरु
छिमेक लघुवित्त– लघुवित्त
नबिल बैक– सर्वाधिक कर तिर्ने बैंक
नेपाल दुरसचार कम्पनी– धेरै आयकर
शिवशक्ति घ्यु– सर्वाधिक निर्यात
राजेश मेटल क्राफ्ट– विशेष सम्मान
ओसिबी फिड्स एन्ड फुड– कृषि
नेपाल पुनर्बीमा कम्पनी– सर्वाधिक कर तिर्ने बीमा
नोबेल टिचिगं हस्पिटल– सर्वाधिक कर तिर्ने स्वास्थ्य सेवा प्रदायक
मनकामना केवलकार प्राली– पर्यटन
हंसराज हुलास चन्द एण्ड कम्पनी प्राली– वस्तु व्यापार
चिलिमे जलविद्युत– उर्जा















