२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० ९ मा नेपालको अर्थतन्त्र ४.७ प्रतिशतले (बजार मूल्यमा) विस्तार हुने एशियाली विकास बैंक (एडीबी) को प्रकाशन एशियाली विकास आउटलुक (एडीओ) २०२२ को अद्यावधिक प्रतिवेदनले देखाएको छ । यो आर्थिक वर्ष २०२२ को ५.८ प्रतिशतको अनुमानित वृद्धिभन्दा कम हो ।

सन् २०२२ मा ५.८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा २०२३ मा केही संकुचन आउने अनुमान एडीबीले गरेको हो । यसो हुनुमा सरकारले अहिले लिएका नीतिहरु मुख्य कारण हुने एडीबीको विश्लेषण छ ।

सरकारले आयातमा अंकुश लगाइरहेको छ । यसले अर्थतन्त्रको विस्तारमा नकारात्मक असर पुग्ने एडीबीका कन्ट्री निर्देशक अर्नाउड काउकोइसले बताएका छन् ।

एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । यस वर्ष सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर