२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । ब्याजदर बढेलगत्तै सेयर बेच्नेहरुको सक्रियता बजारमा ह्वात्तै बढेको छ। बजारबाट उम्कनेहरुको चापले सेयर परिसूचक नेप्से १९ सयलाई परीक्षण गर्न पुगेको छ। बैंकहरुले साधारण मुद्दतीको निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर पुर्‍याएका छन्। बचतमै १०.१३ प्रतिशत ब्याज वाणिज्य बैंकहरुले दिनेगरी असोजको ब्याजदर सार्वजनिक गरिसकेका छन्। रेमिट्यान्सबाट सोझै मुद्दतीमा राख्दा १५.१३ प्रतिशतसम्म ब्याज पाइने भएको छ।

ब्याजको यस्तो रिटर्नमा जोखिमपूर्ण ढंगले सेयर बजारमा लगानी गर्न नचाहने माहोल निर्माण हुन्छ। सेयर बजारबाट पुँजी पलायन हुनुको मुख्य कारण बैंकहरुले प्रस्ताव गर्ने ब्याजदर पनि हो। यहि क्रममा जाँदा सेयर बजार थप शिथिल हुने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर